|
२०७९ फाल्गुन २०
ललितपुर महानगरपालिका-१४ थसिखेलस्थित इश्वरी खड्काको घरमा जुवा-तास खेलेको आरोपमा शुक्रबार साँझ १२ जनलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एवं एसपी प्रविण पोखरेलले जानकारी दिए।
जुवा-तास खेलिरहेको भन्ने सूचना पाएपछि प्रहरीको टोली खटिएको थियो।
उक्त टोलीले उनीहरूलाई नगदसहित पक्राउ गरेको हो। उनीहरूबाट एक लाख ६० हजार १५ रुपैयाँ बरामद भएको छ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्