पिएनजीले नेपाललाई दियो १८० रनको लक्ष्य

DaksuMedia दाक्सु मिडिया
|
२०७९ फाल्गुन १९

आइसिसी विश्वकप लिग-२ अन्तर्गत पपुवा न्युगिनी (पिएनजी) ले नेपाललाई १८० रनको लक्ष्य दिएको छ।

दुबईमा भइरहेको नेपाल, पपुवा न्युगिनी (पिएनजी) र युएईबीचको त्रिकोणात्मक एकदिवसीय सिरिजको तेस्रो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पिएनजी ४ बल खेल्न बाँकी छदा १७९ रनमा अलआउट भयो।

पिएनजीका ओपनरद्वय टोनी उरा ३९ रन र किप्लिन डोरिगा २६ रन जोडे। उरालाई सोमपाल कामीले क्याच आउट गर्दा डोरिगालाई सन्दीप लामिछानेले एलबिडब्लूको धरापमा पारे।

सेसे बाउलाई आसिफ शेखले ११ रनमा रनआउट गर्दा कप्तान असद भालालाई कुशल मल्लले एलबिडब्लूको धरापमा पार्दै पेभेलियन पठाए।

दिपेन्द्रसिंह ऐरीले करण केसीको सहयोगमा छैटौं विकेटको रुपमा चाड सोपरलाई ९ रनमा रनआउट गरेका थिए। त्यअघि दिपेन्द्रले नै पाँचौं विकेटको रुपमा गौडी टोका १५ रनमा बोल्ड गरेका थिए।

यस्तै सोमपाल कामीले रेली हेकुरेलाई ९ रनमा र करण केसीले नोर्मान भानुआलाई १४ रनमा बोल्ड गरे।

बलिङमा नेपालका सोमपाल कामी र दिपेन्द्रसिंह ऐरीले २-२ विकेट लिए। करण केसी, सन्दीप लामिछाने र कुशल मल्लले १-१ विकेट लिए। 

नेपालले पिएनजीका तीन ब्याट्सम्यानलाई रनआउट गरेको थियो। जसमा आसिफ, दिपेन्द्र/करण र सन्दीपले रनआउट गरेका थिए।

सिरिजको पहिलो खेलमा पिएनजीलाई हराएको नेपाल बिहीबार भएको दोस्रो खेलमा घरेलु टिम युएईसँग पराजित भएको थियो। 

सिरिजमा नेपालले अन्तिम खेल सोमबार युएईसँग खेल्नेछ। यी तीनै टिमबीच नेपालमा फागुन २५ देखि लिग-२ को अन्तिम सिरिज हुँदैछ।

लिग-२ को शीर्ष तीन टिम विश्वकप छनोटमा पुग्नेछन्। पुछारका चार टिमले क्वालिफायर प्लेअफ खेल्नु पर्नेछ। यस्तै शीर्ष पाँच टिमको एकदिवसीय मान्यता जोगिनेछ।

लिग-२ मा च्याम्पियन बनेको स्कटल्यान्डले सबै ३६ खेलबाट ५० अंक जोड्दा दोस्रो बनेको ओमानको ४४ अंक छ। स्कटल्यान्ड र ओमान विश्वकप छनोट पुगिसकेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *