|
२०७७ चैत्र ५
काठमाडौँ – हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुकोसमेत सामान्य प्रभाव रहेको छ । देशको पहाडी भू–भागहरुमा आंशिक देखी सामान्य रही बाँकी भू–भागहरुको मौसम सामान्यतया सफा रहेको छ ।
बिहीबार देशको पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली र तराईका भू–भागमा आंशिक बदली रहनेछ । देशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
शुक्रबार देशको पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली र तराईका भू–भागमा आंशिक बदली रहनेछ । देशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
शनिबार देशको पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्