|
२०७९ भाद्र २०
सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाको नेले हुदै दुधकोशी सामुदायिक अस्पतालसम्म पुग्ने सडक कालोपत्रे हुने भएको छ । नेले, चारघरे, पालिका केन्द्र बैंक हुदै दुधकोशी सामुदायिक अस्पतालसम्म पुग्ने १२.५ किलो मिटर सडक कालोपत्रे हुने गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिनुभयो ।
सडक कालोपत्रेका लागी ६१ करोड लागतको वहुवर्षिय योजना प्रदेश सरकारबाट स्वीकृत भएको उहाँले बताउँनुभयो । यो आयोजना अवको ५ वर्षभित्र सम्पन्न हुने छ । योजना स्वीकृतका लागी विशेष भुमी आर्थिक ममिला तथा योजना मन्त्री इन्द्र आङबोको रहेकाले अध्यक्ष राईले धन्यवाद ज्ञापन गर्नुभएको छ ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्