|
२०७९ भाद्र १३
डिजिटल अडिसनमा सहभागी ४१ हजार आवेदकमध्येबाट छानिएका अन्तिम ६४ प्रतिस्पर्धी प्रतिस्पर्धाको तयारीमा जुटेका छन् । यसपटक कोचमा राजेशपायल राई, राजु लामा, प्रमोद खरेल र प्रविशा अधिकारी हुनेछन् ।
निर्देशक लक्ष्मण पौडेलका अनुसार चार जना कोचले प्रत्येक टिममा १६ जना प्रतिस्पर्धी सहभागी हुने गरी ड्रिम टिम गठन गर्नेछन् । ‘खासमा यो कम्पिटिसन प्रतिस्पर्धीको होइन, कोचबीचको हो,’ पौडेलले दाक्सु मिडियासँग भने ।
चौथो सिजनमा कुल ३१ एपिसोड हुनेछन्, जुन १६ साता चल्नेछ । यसपटक प्रतिस्पर्धाबाट बाहिरिएका प्रतिस्पर्धीलाई कोचले कुर्सी घुमाएर हेर्न पाउनेछैनन् । चौथो सिजनमा ‘नो चियर अन’ शैली अपनाउने निर्देशक पौडेलले जानकारी दिए ।
यसपटक टाइटल स्पोन्सरको रुपमा बजाज पल्सर मोटरसाइकल छ ।


दाक्सु मिडिया










तपाईको प्रतिक्रिया दिनुहोस्