काठमाडौं । गायन रियालिटी सो ‘नेपाल आइडल’को चौथो संस्करणको डिजिटल अडिसन सुरु भएको छ ।
कोरोनाका कारण प्रभावित रियालिटी शोको नयाँ संस्करण (मंगलबार)बाट सुरु भएको हो । डिजिटल अडिसनपछि छनौटमा परेकाहरूलाई फिजिकल अडिसन सञ्चालन गरी सहभागी गराइनेछ ।
डिजिटल अडिसनमा १६ वर्षदेखि ३० वर्ष उमेर समूहका नेपाली नागरिक सहभागी हुन पाउनेछन् । एपी वान एचडी टेलिभिजनबाट प्रसारण हुँदै आएको यसको चौथो संस्करणमा निर्णायक को हुने भन्नेबारे भने टुङ्गो लागिसकेको छैन ।
अडिसन दिनका लागि आफ्नो मोबाइल फोनको ‘प्ले स्टोर’मा गएर एपिवानको एप्लिकेसन डाउनलोड गर्नुपर्नेछ ।
त्यसपछि अडिसन ओपनमा गएर नेपाल आइडल क्लिक गरी त्यहाँ मागिएको विवरण भर्नुपर्नेछ । र, आफ्नै स्वरमा गाएको दुईवटा फरक विधाका गीत अपलोड गर्नुपर्नेछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया