
१३ बैशाख, सोलुखुम्बु – बैशाख ३० मा हुने स्थानिय निकायको निर्वाचनको लागी सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकामा नेकपा एमालेले अध्यक्ष उपाध्यक्षका साथै सबै वडाको वडाध्यक्ष पदको लागी उमेद्धारी दर्ता गरेको छ ।
नेकपा एमालेको तर्फबाट भने अध्यक्षमा बुद्धिकिरण राई र उपाध्यक्षमा जुनिता माया मगरले उमेद्धारी दर्ता गराएका छन् । राई अघिल्लो कार्यकालमा अध्यक्ष भैसकेका हुन् भने मगर पनि उपाध्यक्ष रहेकी थिइन् । उनिहरु दुवैले आ आफ्नो पदबाट राजिनामा दिएर पुनः उमेद्धारी दिएका हुन् ।
पालिकाको सबै वडाका लागी पनि एमालेले उमेद्धारी दर्ता गराएको छ । वडा नं. एकको लागी कुमार राई, दुईमा चन्द्र राई , तिनमा अमित राईले उमेद्धारी दर्ता गराएका हुन् । यसैगरी वडा नं. चारका लागी तोन्जे राई, पाँच छ र सातमा क्रमशः हिमाल तामाङ , दिनेश राई र सगुजित राईले मनोनयन दर्ता गराएका हुन् । हिजो निर्वाचन अधिकृतको कार्यालयमा गएर सबै उमेद्धारले आफ्नो मनोनयन दर्ता गराएका हुन् ।
स्थानिय निर्वाचनको लागी आईतबार र सोमबार दलहरुले आ आफ्नो प्रतिनिधिको उमेद्धारी दर्ता गराएका हुन् । अब बैशाख १६ सम्म उमेद्धारले अन्तिम निर्णय लिन सक्ने वा उमेद्धारी फिर्ता लिन सक्ने व्यवस्था रहेको छ ।


दाक्सु मिडिया




तपाईको प्रतिक्रिया दिनुहोस्