
२४ चैत, धादिङ – धादिङ मलेखुका विजय प्रकाश त्रिपाठीले आफ्नो र छोरी बिभासा त्रिपाठीको जन्मदिनको उपलक्ष्यमा पशुपति शिक्षा मन्दिरलाई रु एक लाख बराबरको शैक्षिक सामाग्री लगायतका सामान सहयोग गरेका छन् । अमेरिकामा बस्दै आएका उनले मलेखुमै रहेको विद्यालयका विद्यार्थीलाई कपि, पेन्सिल , साइकल र एकदिनको खाजा सहयोग गरेका हुन् ।
अमेरिकामा रहँदै आएपनि आफ्नो गाउँमा रहेको विद्यालयलाई सहयोग गर्नु आफ्नो कर्तव्य भएको र आगामी दिनमा पनि विद्यालयलाई आवश्यक परेको सहयोग गर्न त्रिपाठी सदैव तत्पर रहेको पशुपति शिक्षा मन्दिरका विद्यालय सञ्चालक समितिका अध्यक्ष दिवाकर कँडेलले जानकारी दिए ।
साथै आफ्नो नाम नखुलाउने शर्तमा एकजना दाताले स्मार्ट टिभि, ड्रम सेट , स्लाइड, मेरि गो राउण्ड गरि रु एक लाख पचास हजार बराबरको सामाग्री विद्यालयलाई प्राप्त भएको अध्यक्ष कँडेलले जानकारी दिए । साथै मलेखुमै रहेको टङ्केश्वर हार्डवेयरले पनि एक हजार लिटरको पानी ट्याङ्की सहयोग गरेको छ ।
वि.सं. २०५३ सालमा स्थापित विद्यालय पशुपति शिक्षा प्रसार समितिले सञ्चालन गरेको हो । आगामी दुई बर्षमा सम्पन्न हुने गरि समितिकै सहयोगमा करिब चार करोड बजेटमा सुबिधासम्पन्न विद्यालय भवन निर्माण गर्न लागिएको छ ।






दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्