×

दान पेटिकाको रकममा तलब थपेर दुर्गमको विद्यालयलाई सहयोग गर्ने मन्त्री किरातीको घोषणा

माघ १४, २०७९

पर्यटन, संस्कृति, नागरिक उड्डयनमन्त्री सुदन किरातीले खादा, मालाको सट्टामा राखेको दान पेटिकामा संकलन भएको रकम शिक्षा क्षेत्रमा लगानी गर्ने बताएका छन् ।

दान पेटिका बन्द गरिएको जानकारी दिंदै मन्त्री किरातीले आफ्नो एक महिनाको तलबसमेत थपेर दुर्गमको विद्यालयलाई सहयोग गर्ने घोषणा गरेका हुन् ।

मन्त्री भएपछि किरातीले खादा र माला लगाएर बधाई दिनुको सट्टा सहयोग गर्न भन्दै दान पेटिका राखेका थिए ।

बिदाबाहेक सात दिनमा दान पेटिकामा संकलित रकम, आफ्नो एक महिना र सचिवालयको १५ दिनको सुविधासमेत जोडेर ६ लाख  ४३४ रकम जम्मा भएको मन्त्री किरातीले बताएका छन् ।

संकलन भएको रकम दुर्गमको विद्यालयमा अक्षयकोष स्थापनार्थ उपयोग गरिने उनले बताए ।विद्यालय छनोट गरी चाँडै हस्तान्तरण हुने मन्त्री किरातीको भनाइ छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: