
२५ जेठ , धादिङ – धादिङको बेनिघाटमा रहेको चन्द्रोदय माध्यमिक विद्यालयका २४ जना विद्यार्थीलाई विद्यालयको पोशाक वितरण गरिएको छ । बेनिघाट रोराङ ३ करमखोलामा सञ्चालित ब्लु हेबन रेस्टुरेन्टका सञ्चालक प्रदिप थापाले बिद्यार्थीहरुलाई पोशाक सहयोग गर्नुभएको हो ।
विद्यालयका अति विपन्न र जेहेन्दार विद्यार्थीलाई कपडा वितरण गरिएको थियो । सरकारले निशुल्क शिक्षा वितरण गदै आएको भएपनि विद्यालय पोशाक किन्न समेत गाह्रो पर्ने अभिभावक भएकोले यस्तो सहयोग सबैले गर्नुपर्ने विद्यालयका प्रधानाध्यापक पार्वति सेढाई कँडेलले बताउनुभयो । विद्यालय पोशाक पाएपछि विद्यार्थीहरु हर्षित भएका थिए ।
विगत लामो समय देखी होटल व्यवसाय गर्दै आउनुभएका थापाले सहयोग गर्न कुनै विशेष दिन नचाहिने भन्दै मन भए पुग्ने बताउनुभयो । आर्थिक कारणले कुनै पनि बालबालिकाले शिक्षाको पहुँचबाट टाढा रहन नपरोस भन्दै उहाँले आगामी दिनमा पनि आफु सहयोग गर्न तयार रहेको बताउनुभयो ।


दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्