सोलुखुम्बुमा माप्य दुधकोशी गाउपालीकामा मतदाता संख्या कत्ती पुग्यो ?

DaksuMedia दाक्सु मिडिया
|
२०७८ चैत्र १५

सोलुखुम्बुमा मतदाताको संख्या ८० हजार बढि पुगेको छ । निर्वाचन आयोगले प्रकाशित गरेको तथ्यांक अनुसार सोलुखुम्बुको मतदाता संख्या ८० हजार १९ रहेको  छ । २०७४ सालको निर्वाचनको भन्दा आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा १८ हजार १ सय  ७४ जना मतदाता थपिएको निर्वाचन आयोगका प्रवक्ता  शालिग्राम शर्माले जानकारी दिनुभयो । 
जिल्लामा महिला मतदाता ३८ हजार ७ सय ५९ रहेको छ भने जिल्लामा पुरुष मतदाता ४१ हजार २६० जना रहेका छन् ।
महिला मतदाता भन्दा पुरुष मतदाता दुई हजार ५ सय १ जनाले बढि रहेका छन् । २०६४ सालको निर्वाचनमा ६१ हजार ८४५ मतदाता रहेका थिए । सोलुखुम्बुमा १२२ मतदान स्थल तोकिएको छ भने १३४ मतदान केन्द्र निर्धारण गरिएको छ । माप्यदुधकोशी गाउँपालिकामा १० हजार ४ सय ६२, मतदाता पुगेको आयोगले प्रकाशन गरेको सुचनामा उल्लेख गरिएको छ । 

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *