|
२०८३ जेष्ठ २९
काठमाडौँ, जेठ २९ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता मुजतबा खामेनेई नयाँ सम्झौताका लागि तयार भएको दाबी गरेका छन्। उनका अनुसार इरानले आणविक हतियार नबनाउने र नकिन्ने प्रतिबद्धता जनाएको छ।
ह्वाइट हाउसमा बोल्दै ट्रम्पले सम्झौता कार्यान्वयन भएपछि होर्मुज जलसन्धि खुल्ने बताए। यद्यपि, इरानले अहिलेसम्म यसबारे आधिकारिक प्रतिक्रिया दिएको छैन। ट्रम्पले वार्ता सकारात्मक चरणमा पुगेकाले इरानविरुद्धका केही सैन्य योजना स्थगित गरिएको पनि बताएका छन्।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्