सभामुख तटस्थ रहनुपर्ने एमालेको धारणा

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ २९

काठमाडौं, जेठ २९ — नेकपा एमालेका महासचिव शंकर पोखरेलले सभामुखले सरकारको पक्षमा उभिएको देखिनु संसदीय अभ्यासअनुकूल नभएको बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत सभामुखको भूमिका निष्पक्ष र तटस्थ हुनुपर्ने उल्लेख गरेका हुन्।

पोखरेलले संसदमा सरकारमाथि उठ्ने प्रश्नको जवाफ दिने जिम्मेवारी सांसद र सरकारकै भएको भन्दै सभामुखले मध्यस्थकर्ताको भूमिका निर्वाह गर्नुपर्ने धारणा राखेका छन्। सभामुख विपक्षीसँग प्रत्यक्ष बहसमा उत्रिएको भन्दै उनले असन्तुष्टि समेत व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *