भक्तपुरमा नाबालिग बलात्कृत

DaksuMedia दाक्सु मिडिया
|
२०७८ चैत्र १०

१० चैत, काठमाडौं  – भक्तपुरमा बालिकालाई बलात्कार गरेको  आरोपमा एक युवा पक्राउ परेका छन् । १४ वर्षीया नाबालिगलाई जबरजस्ती करणी गरेको अभियोगमा चाँगुनारायण नगरपालिका-२ झौखेल ठुटे इँटाभट्टामा काम गर्ने रामेछाप खाडादेवी गाउँपालिका-२ घर भएका २८ वर्षीय दिनेश तामाङलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

ती किशोरीलाई दिनेशले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय प्रहरी प्रभाग व्यासीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *