अभिनेता पल शाहलाई थप १२ दिन थुनामा राख्न आदेश

DaksuMedia दाक्सु मिडिया
|
२०७८ फाल्गुन २२

काठमाडौं: बलात्कार मुद्दामा हिरासतमा रहेका अभिनेता पल शाहलाई थप १२ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत तनहुँले अनुमति दिएको छ। 

नाबालिग गायिकामाथि जबरजस्ती करणी गरेको अभियोग लागेका अभिनेता शाह गत फागुन १५ गते पक्राउ परेका थिए। उनी आफैँ तनहुँस्थित जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएका थिए। पक्राउ परेलगत्तै जिल्ला अदालतले एक हप्ताको म्याद थपेर अनुसन्धान गर्न आदेश दिएको थियो।

प्रहरीले थप अनुसन्धानका लागि भन्दै समय माग गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज खड्काले बताए। थप १२ दिन थुनामा राख्न अदालतले अनुमति दिएको उनले पुष्टि गरे।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *