आजको राशिफल : फागुन १ गते आइतबार

DaksuMedia दाक्सु मिडिया
|
२०७८ फाल्गुन १

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) नयाँ कामको थालनी हुनेछ । अन्योलका बीच उन्नतिको मार्ग प्रशस्त हुनेछ । शुभ कार्य र सांस्कृतिक गतिविधिमा संलग्न हुने अवसर मिल्नेछ । मध्य सातामा आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । यो साताका लागि शुभ अङ्क ५,९ र शुभ रङ्ग पहेँलो वा आकाशे नीलो हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) मनोरञ्जक क्रियाकलापमा सहभागी हुन पाइनेछ । अभिभावकको सुझावले उचाइमा पुर्‍याउन सहयोग गर्नेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । मध्य सातामा बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । यो साताका लागि शुभ अङ्क १,४ र शुभ रङ्ग सेतो हो । शुभकर्म गर्नु पूर्व महादेवको स्मरण गरि कार्य आरम्भ गर्दा शुभ फल प्राप्त हुनेछ ।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) मिथुन राशिलाई यो साता नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । मनोरञ्जनमा सहभागिता भइएला । वैदेशिक क्षेत्रमा गरिएका कार्यले अन्ततः फाइदा नै पुर्‍याउनेछ । कलकारखाना र बन्दव्यापारमा पनि फाइदा हुनेछ । यो साताका लागि शुभ अङ्क ६,७ र शुभ रङ्ग सेतो वा नीलो हो । कुनै शुभकर्म गर्नु पूर्व महाकालीको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) बढी मेहनत गरेर थोरैमात्रै सफलता प्राप्त गर्न सकिएला । महत्त्वपूर्ण अवसर गुम्न सक्छ, तर मध्य साताबाट शुभकार्यको चर्चा चल्नेछ । मित्र जनको साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुनेछ । नयाँ वस्त्र र अलंकार आदिको प्राप्ति पनि हुनेछ । यो साता यो साताका लागि शुभ अङ्क ४,७ र शुभ रङ्ग घ्यू रङ्ग हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको दर्शन गरि कार्य गर्नाले अधिक सफलता मिल्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) प्रेम जीवन सफल हुनेछ । आँटेको र ताकेको कार्य पूरा होला । राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ अत: भाग्यले विभिन्न अवसर जुराउनेछ । यो साताका लागि शुभ अङ्क १,५ र शुभ रङ्ग रातो वा पहेँलो हो । शुभकर्म गर्नु पूर्व आफ्नो कुलदेवताको स्मरण गरि कार्य आरम्भ गर्दा शुभ फल प्राप्त हुनेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) नयाँ जिम्मेवारी पाइएला । क्षमता प्रदर्शन गर्ने क्रममा पदोन्नतिको ढोका खोलिनेछ । मित्र जनबाट साथ सहयोग मिल्ने देखिन्छ । व्यवसायका लागि यात्राको सम्भावना छ । धार्मिक तथा सांस्कृतिक सभासमारोहमा सरिक हुने अवसर मिल्नेछ । पुनर्मिलनको योग पनि रहेको छ । यो साताका लागि शुभ अङ्क ४,६ र शुभ रङ्ग हरियो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व नवग्रहको स्मरण गरि कार्य आरम्भ गर्दा लाभ मिल्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) आर्थिक वृद्धिका साथै शेयर बजारमा विशेष अभिरुचि रहनेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । शेयर बजार या कुनै नयाँ ठाउँमा निवेश र लगानीको वातावरण बन्नेछ । परोपकार तथा सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ । यो साताका लागि शुभ अङ्क ५,९ र शुभ रङ्ग पहेँलो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको आरधना गरि कार्य गर्नाले सफलता मिल्नेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) वृश्चिक राशिलाई आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । दैनिक व्यवहारमा खर्च बढ्न सक्छ । साताको मध्यबाट मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । प्राविधिक क्षेत्रमा विशेष रुचि बढ्नेछ । रमाईलो यात्रा र पुनर्मिलनको योग पनि रहेको छ । यो साताका लागि शुभ अङ्क १,६ र शुभ रङ्ग सेतो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको दर्शन गरि कार्य आरम्भ गर्दा शुभ फल मिल्नेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)  प्रेम र मित्रताको बन्धन कसिने बेला छ । रोकिएका अधुरा कार्य पुन: प्रारम्भ गर्न सकिएला । क्षमता प्रदर्शन गर्ने क्रममा पदोन्नतिको ढोका खोलिनेछ । शैक्षिक क्षेत्र र प्राविधिक काम पनि सहजै सम्पन्न हुनेछ । साताको अन्त्यमा दौडधुप गर्नु परे पनि लाभ हुनेछैन । यो साताका लागि शुभ अङ्क १,७ र शुभ रङ्ग पहेंलो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको स्मरण गरि कार्य आरम्भ गर्दा शुभ फल मिल्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) प्रेमी र प्रेमीकाबाट विशेष सहयोग मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । ढिलै भए पनि काम सम्पन्न हुनेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । शुभ कार्यमा सरिक पनि हुन सकिनेछ । साताको अन्त्यमा अनावश्यक र दिक्कलाग्दो यात्रा हुनसक्छ । यो साताका लागि शुभ अङ्क २,८ र शुभ रङ्ग रातो हो । कुनै शुभकर्म गर्नु अघि आफ्नो इष्टदेवताको आरधना गरि यात्रा गर्नाले सफलता मिल्नेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)शुभकार्यको योग रहेको छ । भौतिक सुविधाका साधन खरिद गर्ने अवसर जुट्न सक्छ । दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । मध्य साताबाट लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हात पार्न नसकिएला । सपना पनि प्रतिकूल देखिन सक्छ । यो साताका लागि शुभ अङ्क १,६ र शुभ रङ्ग सुन्तला हो । कुनै शुभकर्म गर्नु पूर्व नवग्रहको स्मरण गरि कार्य आरम्भ कार्य गर्दा अधिक सफलता मिल्नेछ ।

मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) मीन राशिका व्यक्तिलाई समाजसेवामा मन लाग्नेछ । प्रेममा सम्बन्धमा मधुरता छाउनेछ । नोकरी र सामाजिक क्षेत्रबाट मानसम्मान प्राप्त हुनेछ । धार्मिक यात्राको योग पनि छ । बुधवारबाट कामहरू अधुरै रहलान् । लगानी डुव्ने भय छ अतः सचेत रहनु होला । यो साताका लागि शुभ अङ्क ३,७ र शुभ रङ्ग हरियो वा सेतो हो । शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भैरवजीको स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

तपाईंको दिन शुभ रहोस् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *