पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिको विरोधमा विद्यार्थीहरुद्रारा प्रदर्शन

DaksuMedia दाक्सु मिडिया
|
२०७८ माघ ६

नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिको विरोधमा राजधानीमा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् ।  विद्यार्थीहरुले काठमाडौंको अस्कल क्याम्पस परिसरमा प्रदर्शन गरेका हुन् । सो क्रममा उनीहरुले महामारीका बीच मूल्यवृद्धि गरिएको भन्दै सरकारविरुद्ध नाराबाजी गरेका थिए । 

निगमले बुधबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटिर ३–३ रुपैयाँ  मूल्यवृद्धि गरेको थियो । यस्तै हवाइ इन्धनको पनि मूल्य वृद्धि गरेको थियो । 

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *