झारखण्डमा चट्याङको कहर, १४ जनाले ज्यान गुमाए

DaksuMedia दाक्सु मिडिया
|
२०८३ श्रावण २१

काठमाडौं । भारतको झारखण्ड राज्यमा वर्षासँगै परेको चट्याङका कारण कम्तीमा १४ जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्। स्थानीय सञ्चारमाध्यमका अनुसार मंगलबार आएको आँधीबेहरी र भारी वर्षाका क्रममा विभिन्न जिल्लामा चट्याङ पर्दा मानवीय क्षति भएको हो।

सबैभन्दा बढी प्रभावित गिरिडीह, दुम्का र लातेहार जिल्लामा उद्धार तथा राहतका काम जारी छन्। घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ।

भारतको मौसम विज्ञान विभागले झारखण्डसहित आसपासका क्षेत्रमा आगामी केही दिनसम्म भारी वर्षा र चट्याङको जोखिम कायम रहने चेतावनी दिएको छ। मनसुनको समयमा भारतका विभिन्न राज्यमा हरेक वर्ष चट्याङका घटनाबाट ठूलो जनधनको क्षति हुने गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *