आजको मौसम : मनसुन सक्रिय, धेरै भूभागमा वर्षाको सम्भावना

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र ३

काठमाडौँ । मनसुनी वायुको प्रभाव देशभर कायम रहँदा आज पनि अधिकांश क्षेत्रमा मौसम बदली रहने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका विभिन्न भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

बिहानैदेखि देशका केही स्थानमा वर्षा भइरहेको छ। दिउँसो भने पहाडी भूभागमा वर्षाको सम्भावना अझ बढ्ने देखिएको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही तराई क्षेत्रमा पनि मेघगर्जनसहित पानी पर्न सक्ने अनुमान गरिएको छ।

हिमाली क्षेत्रका केही स्थानमा समेत चट्याङसहित मध्यम वर्षा हुनसक्ने भएकाले यात्रामा निस्कनेहरूले आवश्यक सावधानी अपनाउन मौसमविद्ले सुझाव दिएका छन्।

रातिको समयमा हिमाली तथा पहाडी क्षेत्रमा बदली बढ्ने र केही स्थानमा वर्षा हुने सम्भावना छ। विशेषगरी पहाडी भूभागमा चट्याङसहित वर्षा हुनसक्ने भएकाले नदी तथा खोलानालाको आसपास र पहिरोको जोखिम भएका क्षेत्रमा सतर्कता अपनाउनुपर्ने देखिन्छ।

समग्रमा आज देशभर मनसुनी गतिविधि सक्रिय रहने र ठाउँअनुसार मौसममा फेरबदल भइरहने अनुमान गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *