काठमाण्डौँ । फिलिपिन्समा एकजना नेपाली पक्राउ परेका छन् । त्यहाँको अध्यागमनले नेपाली नागरिक प्रकाश पाठकलाई पक्राउ गरेको हो ।
तिनै पाठकले सोसल मिडियामार्फत् अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईलगायतल केही उच्च अधिकारीलाई ज्यान मार्नेसम्मको धम्की दिएका थिए । त्यसपछि प्रहरीले पाठकबारे अनुसन्धान सुरू गरेको थियो ।
नेपाल प्रहरीको अनुरोधमा अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन इन्टरपोलमा डिफ्युजन नोटिस जारी भएपछि उनलाई फिलिपिन्सको ब्युरो अफ इमिग्रेसन (बीआई) को फरार अभियुक्त खोजी युनिटले मालोलोसा सहरबाट पक्राउ गरेको हो ।
बीआईका अनुसार उनलाई डिसेम्बर ३१ मा बुलाकान प्रान्तको मालोलोस सिटीस्थित बाराङ्गाय क्याटमोनको पासेओ दे कङ्ग्रेसो बाट पक्राउ गरिएको हो । काठमाडौं जिल्ला अदालतले पाठकविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
यसैगरी,इन्टरपोलले जबर्जस्ती असुली र आपराधिक षड्यन्त्रको अभियोगमा पाठकविरुद्ध ‘डिफ्युजन नोटिस’ जारी गरेको थियो ।
बीआईको अनुसन्धानले उनी नेपालमा गम्भीर सुरक्षा–सम्बन्धी गतिविधिमा संलग्न रहेको देखाएको छ। बीआईका अनुसार पाठक अगस्ट १८, फिलिपिन्स गएका थिए । उनलाई डिसेम्बर १८ सम्म बसोबास गर्न अनुमति दिइएको थियो ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्