×

बीबीसी प्रभावशाली सूचीकी सपना रोक्कालाई धम्की दिने विनयजंग बस्नेत पक्राउ

फाल्गुन ५, २०७७ | दाक्सु मिडिया सम्वाददाता

काठमाडौं– बीबीसी प्रभावशाली महिलाको सूचीमा परेकी सपना रोक्का मगरलाई धम्की दिने विनयजंग बस्नेतलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ।

महानगरीय प्रहरी परिसरको टोलीले सपनाको उजुरीका आधारमा बस्नेतलाई गोंगबुमा पक्राउ गरेको हो।

काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार बस्नेतले युट्युबमार्फत आफ्नो अश्लिल तस्वीर देखाएर चरित्र हत्या गरिदिने धम्की दिएको भन्ने सपनाको उजुरीका आधारमा पक्राउ गरिएको हो।

सपनाले उक्त उजुरी आइतबार परिसरमा दर्ता गराएर गृहमन्त्री रामबहादुर थापा बादललाई भेटेकी थिइन्।

सँगै बेवारिसे शव व्यवस्थापन गर्दै आएका विनय र सपनाबीच अश्लील सम्बन्ध रहेको विवरणसँगै विवादहरु सार्वजनिक भएका थिए।

सपनाका बुवाआमाले भने बस्नेतले छोरीलाई यौनहिंसा गरेको विवरणमा भनेका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: