×

महोत्तरीमा वृद्धको हत्या गरी गरगहना र नगद लुटपाट

पुस ६, २०८१ | दाक्सु मिडिया

काठमाडौं : महोत्तरीमा डाँका समूहले घरमा पसेर एकजना वृद्धको हत्या गरेको छ। शनिबार बिहान करिब ४ बजे महोत्तरीको मनवरासिसवा नगरपालिका- ४ स्थित साढाका ७० वर्षीय सुशील झाको डाँका समूहले हत्या गरेको प्रहरीले जनाएको छ ।

७/८ जनाको समुहमा रहेको डाँका समूहले लुटपाट गर्दै झाको हत्या गरेको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी सन्तुलाल जैसवारले बताए। `सुन चाँदीको गरगहना र पैसा मागेपछि दिन इन्कार गर्दा हात/ मुक्काले हानेर उनको हत्या भएको देखिन्छ । हामी घटनास्थलमै छौँ, अनुसन्धान हुँदै छ,´उनले भने ।

डाँकाले घरमा रहेको मंगलसूत्र र औठी र नगद ८० हजार लुटेर लगेको प्रहरीले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: