|
२०८३ जेष्ठ २९
काठमाडौं — पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावले आज देशका धेरै पहाडी तथा हिमाली क्षेत्रमा बदली रहने र विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको छ।
मौसमविद्का अनुसार कोशी, मधेश तथा पहाडी–हिमाली भूभागका केही क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्छ। बागमती, गण्डकी र लुम्बिनीका तराईका केही स्थानमा पनि पानी पर्ने सम्भावना छ।
रातिको समयमा पनि कोशी, बागमती र गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको क्रम जारी रहने अनुमान गरिएको छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना समेत रहेको छ।
मौसमका कारण कृषि, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन मौसम विभागले आग्रह गरेको छ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्