तराईमा गर्मी, पहाडमा मेघगर्जनसहित वर्षाको सम्भावना

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ २४

काठमाडौं, जेठ २४ — देशभरको मौसममा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव देखिएको छ। यसको असरले पहाडी तथा हिमाली क्षेत्रमा बादल बढ्ने र केही स्थानमा मेघगर्जनसहित वर्षा हुने सम्भावना रहेको छ।

मौसमविद्हरूका अनुसार कोशी प्रदेशका केही भाग तथा बागमती–गण्डकीका पहाडी क्षेत्रमा मध्यम वर्षा हुन सक्छ। अन्य हिमाली क्षेत्रमा पनि छिटफुट पानी पर्ने अनुमान गरिएको छ।

यता मधेस, लुम्बिनी, बागमती, गण्डकी र सुदूरपश्चिमका तराई क्षेत्रमा भने गर्मी बढ्ने संकेत देखिएको छ। केही स्थानमा तातो दिनको अवस्था रहने भएकाले आवश्यक सतर्कता अपनाउन सुझाव दिइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *