|
२०८२ भाद्र ३१
काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा औसत स्थानमा रहँदा देशभर सामान्य बदली देखिएको छ। विभिन्न प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
कोशी, नारायणी, बागमती, कर्णाली र अन्य प्रमुख नदीहरूको बहाव सतर्कता तहभन्दा तल रहे पनि बबई नदीको बहाव बढ्दो रहेको छ।
रुपन्देही, नवलपरासी, चितवन, डोटी, डडेलधुरा, बर्दिया, कैलाली, कञ्चनपुर लगायतका जिल्लामा साना नदीहरूमा आकस्मिक बाढीको मध्यम जोखिमको उच्च सम्भावना रहेको छ।
त्यस्तै, इलाम, झापा, काठमाडौँ उपत्यका, बागलुङ, पाल्पा, दाङ, सुर्खेत, बैतडी लगायतका जिल्लामा पनि साना नदीहरूको बहाव बढ्ने र आकस्मिक बाढीको मध्यम सम्भावना रहने पूर्वानुमान गरिएको छ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्