तनावपूर्ण अवस्थाप्रति कोइरालाको चासो, सद्‌भाव र सहिष्णुताका लागि अपिल

DaksuMedia दाक्सु मिडिया
|
२०८३ श्रावण १५

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशाङ्क कोइरालाले तराई–मधेसका केही क्षेत्रमा देखिएको तनावपूर्ण अवस्थाप्रति चिन्ता व्यक्त गर्दै धार्मिक सहिष्णुता र सामाजिक एकता कायम राख्न आग्रह गरेका छन्।

शुक्रबार जारी विज्ञप्तिमा उनले नेपाल विभिन्न जाति, भाषा, धर्म र संस्कृतिले भरिएको मुलुक भएकाले आपसी सम्मान र सहअस्तित्वको भावना कायम राख्नुपर्ने बताए।

कोइरालाले नेपाली–नेपालीबीच विभाजन नभई प्रेम, भाइचारा र विश्वासको सम्बन्ध बलियो बनाउन सके मात्रै शान्त र समृद्ध नेपालको निर्माण सम्भव हुने उल्लेख गरे।

उनले सरकार, सुरक्षा निकाय, स्थानीय प्रशासन तथा सबै सरोकारवाला पक्षलाई निष्पक्ष रूपमा भूमिका निर्वाह गर्दै शान्ति र सद्‌भाव कायम गर्न सक्रिय हुन आग्रह गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *