काठमाडौँ । गाईवस्तुमाथि एकदमै निर्मम कुटपिट भएको भिडियो यतिबेला सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल छ । सडकमा आएका ती गाईवस्तुलाई मान्छेको एउटा झुन्डले लखेट्दै कुटेको देखिन्छ । त्यसमध्ये एउटा सानो बाछोको खुट्टा भाँचिएको छ । तिनीहरू सकिनसकी भागिरहेका छन् । अर्को एक गोरु आफ्नो भीडबाट भाग्न खोज्छ । उसलाई त्यहाँ रहेका मान्छेहरुले लठ्ठीले यसरी चुट्छन्, मानौं त्यो कुनै निर्जीव वस्तु हो ।
उत्तेजित भई गाईवस्तु कुटेको रमिता हेर्नेहरूको पनि भीड नै देखिन्छ । केहीले मोबाइलमा भिडियो कैद गरिरहेका छन् । त्यस्तै सुरक्षाकर्मी पनि रमिता हेरिरहेका छन् । अवोध पशुप्राणीमाथिको भएको यो ज्यादतीलाई रोक्ने त्यहाँ कोही देखिँदैन ।
सामाजिक सञ्जालमा यो भिडियोलाई लिएर चर्को आलोचना भइरहेको छ । बुटवल नगरपालिकाका कर्मचारीको यस्तो कृत्यमाथि उनीहरूले ‘आपराधिक’ भनी टिप्पणी गरेका छन् ।
एउटा पशुलाई घेराबन्दी गरेर कुटेको भिडियो हेर्दा जोकोहीलाई निकै दुखी बनाउँछ ।
यससँगै अर्को फोटो पनि भाइरल भएको छ, जहाँ उपमहानगरका प्रमुख खेलराज पाण्डेय स्वयं लठ्ठी बोकेर गाईवस्तु लखेट्न निस्किएको भनी उल्लेख गरिएको छ ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्