|
२०८२ कार्तिक ३०
काठमाडौँ — बेलायत र अष्ट्रेलिया पठाइदिने भनेर लाखौँ रुपैयाँ ठगी गरेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा ललितपुर बस्ने ३१ वर्षीय मनोहर चौधरी र काठमाडौँ बस्ने २२ वर्षीय मेघराज सुनार छन्।
चौधरीले बेलायत पठाइदिने भन्दै ८ लाख ५० हजार रुपैयाँ र सुनारले अष्ट्रेलिया पठाइदिने भन्दै २८ लाख लिएको उजुरीपछि दुवैलाई पक्राउ गरी वैदेशिक रोजगार विभाग ताहाचलमा पठाइएको प्रहरीले जनाएको छ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्