|
२०८२ कार्तिक ७
झापा — बिर्तामोड नगरपालिका–५ मा दुई समूहबीच भएको ग्याङफाइटका क्रममा एक युवकको ज्यान गएको छ। बुधबार राति स्थानीय ३० वर्षीय जगन राजवंशी र केही व्यक्तिबीच झगडा हुँदा कुटपिटमा परेका राजवंशी गम्भीर घाइते भएका थिए।
घाइते अवस्थामै उनलाई उपचारका लागि बिएण्डसी अस्पताल, बिर्तामोड लगिएको थियो। तर चिकित्सकले उनलाई उपचारका क्रममा मृत घोषणा गरेका हुन्।
उक्त घटनामा संलग्न भएको आरोपमा बिर्तामोड–५ का २६ वर्षीय हेमकुमार चौधरीलाई प्रहरीले शिवशताक्षी नगरपालिका–७ बाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिएका छन्।
प्रहरीका अनुसार घटनासम्बन्धी थप अनुसन्धान भइरहेको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्