जेनजी आन्दोलनमा भागेका कैदीले पोखरामा गरे आत्महत्या

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक ३

पोखरा– जेनजी आन्दोलनका क्रममा जेलबाट भागेका एक कैदीले पोखरामा आत्महत्या गरेका छन्।

कास्की जिल्ला प्रहरी कार्यालयका अनुसार पोखरा महानगरपालिका–२६, बरालडाँडास्थित आफ्नै कच्ची घरको कोठामा ५५ वर्षीय देवबहादुर विश्वकर्मा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्।

प्रहरीले जनाएअनुसार, उनले बासको बलोमा प्लास्टिकको डोरी प्रयोग गरी पासो लगाएर झुण्डिएर आत्महत्या गरेका थिए। घटनाका बेला घरमा अरु कोही थिएनन्।

विश्वकर्मा कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई कास्की जिल्ला कारागारमा सजाय भोगिरहेका थिए। केही समयअघि जेलबाट भागेका उनी प्रहरीको खोजीमा थिए।

प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *