जेनजी प्रदर्शनमा गुमाए ज्यानका सुलभ नरेन्द्रका एक्ला छोरा थिए

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र २४

नेपालगञ्ज । जेन-जीहरूको प्रदर्शनका क्रममा सोमबार दिउँसो ट्रमा सेन्टरमा मृत्यु भएका विद्यार्थी सुलभराज श्रेष्ठ नेपालगञ्ज उपमहानगरपालिका–१ निवासी रहेको खुलेको छ ।

काठमाडौंको इञ्जिनियरिङ कलेजमा सिभिल इन्जिनियरिङ पढ्दै श्रेष्ठ भेरी स्कूलका सञ्चालक नरेन्द्र श्रेष्ठका छोरा हुन् । सुलभ नरेन्द्रका एक मात्रै छोरा हुन् । बुवा नरेन्द्र अहिले साँझ ६ बजे नेपालगञ्जबाट हवाईमार्ग हुँदै काठमाडौं गएको वडाध्यक्ष प्रमोद रिजालले बताए ।

सुलभ पढाइमा जेहेन्दार र मिहिनेती रहेका उनका छिमेकी भोजराज शर्माले जानकारी दिए । सुलभको घर रहेको धम्बोझी शोकमा डुबेको छ । सुलभको घरमा छिमेकी र आफन्तहरुको भीड लागेको छ ।

सोमबार भएको जेनजीहरूको प्रदर्शनमा परेर मृत्यु हुनेको संख्या १९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका विभिन्न अस्पतालबाट लिएको विवरण अनुसार, घाइते भएका ३४७ जनाको देशभरका अस्पतालहरूमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *