लिग–२ मा नेपालको लगातार दोस्रो झड्का, नेदरल्यान्ड्स ६ विकेटले विजयी

DaksuMedia दाक्सु मिडिया
|
२०८३ श्रावण ८

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत शुक्रबार सम्पन्न खेलमा नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको छ। यससँगै प्रतियोगितामा नेपालको लगातार दोस्रो हार दर्ता भएको हो।

नेपालले प्रस्तुत गरेको १५८ रनको सामान्य लक्ष्य नेदरल्यान्ड्सले ४४.१ ओभरमा चार विकेटको क्षतिमा सहज रूपमा पूरा गर्यो। घरेलु टोलीका कप्तान स्कट एडवर्ड्सले अविजित ६१ रन बनाउँदै जित सुनिश्चित गरे।

यसअघि नेपाल ४४.४ ओभरमा १५७ रनमै समेटिएको थियो। आरिफ शेखले सर्वाधिक ४१ रन जोडे भने गुल्सन झाले २९ रनको योगदान दिए। अब नेपालले शृंखलाको अर्को खेल सोमबार नामिबियाविरुद्ध खेल्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *