|
माघ २९, २०८२
आइसिसी टी–२० विश्वकपमा इटालीसँगको खेलमा नेपाल १२३ रनमै अलआउट भएको छ। टस हारेर पहिले ब्याटिङ गरेको नेपाल १९.३ ओभरमा समेटिँदा इटालीले १२४ रनको लक्ष्य पाएको हो।
सुरुआतदेखि नै दबाबमा परेको नेपालका लागि आरिफ शेखले २७ रन र कप्तान रोहितकुमार पौडेलले २३ रन बनाए। अन्य खेलाडीले अपेक्षित प्रदर्शन गर्न नसक्दा ठूलो योगफल बन्न सकेन।
इटालीका क्रिसान कालुगामागेले तीन विकेट लिए। दुवै टोली समूह ‘सी’मा पहिलो जितको खोजीमा छन्।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्