काठमाण्डौँ । धरानमा पहिलो पटक धरान खेलकुद महोत्सव २०८२ बिहीबारदेखि भव्य रूपमा सुरु भएको छ ।
ुखेल गति नै खेलाडी र राष्ट्रको प्रगति हो, हाम्रो अभियान खेलाडीको सम्मानु भन्ने नारासहित धरान–१६ स्थित रंगशालामा महोत्सव सुरु भइरहेको हो । धरान खेलकुद मञ्चको आयोजनामा सञ्चालन भएको यो महोत्सव मंसिर २५ देखि पुस १० गतेसम्म चल्नेछ ।
महोत्सवको दोस्रो दिन शुक्रबार गायिका एलिना चौहान र गायक प्रताप दासको प्रस्तुति रहेको आयोजकले जनाएको छ ।
महोत्सवमा फुटबल, गल्फ, सुटिङ, बास्केटबल, हक्की, डोरी तान, आर्चरीलगायतका विभिन्न खेलका प्रदर्शनी स्टल राखिएका छन् । साथै खानेकुराका स्टल, सांगीतिक प्रस्तुति, तथा मनोरञ्जनात्मक कार्यक्रम समावेश गरिएको छ । उद्घाटन समारोहमा नेपाली फुटबलका पूर्वकप्तान राजु शाक्यले महोत्सवको सुरुवात गरेका थिए ।
धरान उपमहानगरपालिकाको सहयोगमा आयोजित यस महोत्सवले स्थानीय खेल संस्कृतिको प्रवर्द्धन र खेलकुद विकासमा महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ ।


दाक्सु मिडिया










तपाईको प्रतिक्रिया दिनुहोस्