एनपिएलमा साबिक विजेताको पहिलो जीत

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर १६

जनकपुर, १६ मंसिर २०८२ – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत साबिक विजेता जनकपुर बोल्ट्स ले आज चितवन राइनोज लाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा आफ्नो पहिलो जीत दर्ता गरेको छ।

१७७ रनको लक्ष्य जनकपुरले १७.३ ओभरमा चार विकेटको क्षतिमा पूरा गर्यो। माज सदाकतले ६३ र अनिल साहले ६१ रन बनाए। चितवनका डेविड मलानले ८० र अर्जुन साँउदले ५२ रनको योगदान दिए।

बलिङतर्फ चितवनका कमलसिंह ऐरी, साहिल तनवीर र अमरसिंह रौटेलाले एक–एक विकेट लिए। जनकपुरका अनिल शाह, रूपेश सिंह, माज सदाकत र जान निकोल लोफ्टी–इटनले पनि समान रूपमा विकेट लिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *