कर्णालीले अवसर गुमायो, काठमान्डूको प्लेअफ आशा बलियो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर १५

दोस्रो नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डू गोर्खाजले कर्णाली याक्सलाई ५ विकेटले पराजित गर्दै प्लेअफ दौड जीवित राखेको छ। आठ अंक पुगेपछि काठमान्डूको सम्भावना खुला रहँदा कर्णाली भने लगभग बाहिरिने मोडमा पुगेको छ।

हारपछि कर्णालीका खेलाडी गुल्सन झाले टोलीले राम्रो प्रदर्शन नगरेको होइन, तर महत्वपूर्ण क्षणमा अवसर उपयोग गर्न नसक्दा नतिजा हातबाट गएको बताए। बाँकी दुई खेल जितेर प्लेअफको सम्भावना अझै जोगाउने लक्ष्य रहेको उनले उल्लेख गरे।

काठमान्डूका जेरार्ड इरासमस प्लेयर अफ द म्याच बने। राम्रो पिचमा उत्कृष्ट इनिङ खेल्न पाउँदा खुशी लागेको उनले बताए। यो सिजनमा यही आफ्नो अन्तिम खेल भएको र नेपाली क्रिकेटलाई सधैं सम्झिने कुरा पनि इरासमसले जनाए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *