|
२०८२ मंसिर १३
काठमाण्डौ । यूएईमा जारी एसीसी यू–१९ प्रिमियर कपको सेमिफाइनलमा नेपाल आज मलेसियासँग भिड्ने भएको छ।
अजमान मैदानमा बिहान ९ बजे सुरु हुने खेलमा नेपाल समूह ‘ए’ र मलेसिया समूह ‘डी’ का विजेता टोलीका रूपमा आमनेसामने हुँदैछन्।
दुई खेलमै विजय हासिल गर्दै सहजै अन्तिम चारमा पुगेको नेपालले साउदी अरबलाई ८ विकेट र हङ्कङलाई ११९ रनले पराजित गरेको थियो।
फाइनल पुग्ने दुवै टोली तथा तेस्रो स्थान हात पार्ने टिमले डिसेम्बरमा यूएईमै हुने यू–१९ एसिया कपका लागि टिकट पक्का गर्नेछन्।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्