|
२०८२ कार्तिक २४
काठमाण्डौँ । काठमाण्डौ स्पोर्ट्स एन्ड् ईभेन्ट्सको आयोजनामा कर्पोरेट टी–१० क्रिकेट प्रतोयोगिता हुने भएको छ । प्रतियोगीता आउँदो माघ १४ देखि २१ गतेसम्म काठमाण्डौको मुलपानी मैदानमा हुनेछ ।
प्रतियोगितामा १६ वटा टोलीको सहभागीता रहने आयोजकका प्रतियोगिता निर्देशक ज्योती भण्डारीले जानकारी दिए । यो प्रतियोगिता १० ओभरको ढाँचामा हुनेछ । टोलीको सहभागिताको लागि दर्ता शुल्क एक लाख रुपैयाँ राखिएको छ । पहिले नाम दर्ता गर्ने टोलीलाई प्राथमिकता दिइने निर्देशक भण्डारीले बताए ।
हरेक टोलीमा ११ जना खेलाडी रहनेछन् । त्यसमा आठ जनाले मैदान भित्र खेल्न पाउने छन् भने तीन जनालाई अतिरिक्त खेलाडीका रूपमा राख्न पाइनेछ । हरेक टोलीले कम्तिमा तीन खेल खेल्न पाउनेछ ।
दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्