कामना विष्टको माल्दिभ्समा लगातार उत्कृष्ट प्रदर्शन

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक ६

काठमाडौँ — नेपाली राष्ट्रिय भलिबल खेलाडी कामना विष्टले माल्दिभ्समा जारी नाइबोली भलिबल च्याम्पियनसिप २०२५ मा उत्कृष्ट प्रदर्शन गर्दै सबैको ध्यान आफूतर्फ तानेकी छिन्। उनी हाल नैफारू चेल्सी स्पोर्ट्स क्लबबाट प्रतिस्पर्धा गरिरहेकी छन्।

उनको टिमले लगातार तीन खेलमा शानदार जित दर्ता गरेको छ र सेमिफाइनल यात्रा नजिक पुगेको छ। यी तीनै खेलमा कामनाले निर्णायक भूमिका खेल्दै ‘प्लेयर अफ द म्याच’ बन्ने दुर्लभ उपलब्धि हासिल गरेकी छन्।

खेलहरूको नतिजा

पहिलो खेलस् नैफारू ३–० ले विजयी ९२५–१२, २५–०२, २५–२१०

दोस्रो खेलस् नैफारू ३–१ ले विजयी ९२५–२१, २२–२५, २५–२२, २५–१००

तेस्रो खेलस् उषा भण्डारीको टिमविरुद्ध रोमाञ्चक जित – ३–२ ९२१–२५, २५–२१, ०७–२५, २५–१३, १५–१३०

कामनाको शक्तिशाली स्पाइक, बलियो ब्लक र अविचल आत्मविश्वासले टिमको जितमा निर्णायक भूमिका खेलेको छ। उनका निरन्तर उत्कृष्ट प्रदर्शनले नेपाली खेलाडीको अन्तर्राष्ट्रिय पहिचानलाई अझ उज्यालो बनाइरहेको छ।

देशभित्र मात्र नभई विदेशमा समेत आफ्नो क्षमता देखाउँदै आएकी कामना विष्ट अहिले युवा खेलाडीहरूका लागि प्रेरणादायी अनुहारको रूपमा उदाएकी छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *