|
२०८३ बैशाख १०
काठमाडौं । यातायातमा विद्यार्थीहरूले पाउँदै आएको ४५ प्रतिशत भाडा छुट कार्यान्वयनको माग गर्दै सरस्वती बहुमुखी क्याम्पसका संयुक्त विद्यार्थी सङ्गठनले साङ्केतिक विरोध प्रदर्शन गरेका छन् ।
विद्यार्थीहरूले ‘विद्यार्थीको ४५ प्रतिशत छुट खोइ ?’ बिहीबार भन्दै नाराबाजीसहित प्रदर्शन गरेका हुन् । यसअघि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सरकारले व्यवसायीलाई दिँदै आएको कर छुटको सुविधा कटौती गरेको अवस्थामा विद्यार्थी सहुलियत कार्यान्वयन गर्न नसकिने स्पष्ट पारेको थियो ।
व्यवसायीहरूका अनुसार वि.सं.२०६५ सालमा भएको सहमति बमोजिम व्यवसायीले ४५ प्रतिशत भाडा छुट दिएबापत सरकारले वार्षिक कर, रुट परमिट र जाँच पास शुल्कमा ६० प्रतिशत छुट दिने व्यवस्था थियो ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्
1 Comments
Raphael2718
April 23, 2026https://shorturl.fm/biX8P