प्राविधिक अड्चन हट्यो, एमाले महाधिवेशनको मतदानका लागि सबै तयारी पूरा

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष २

काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन गर्न आज मतदान हुने भएको छ। विद्युतीय प्रणालीमार्फत मतदान गरिनेछ।

मंगलबार साँझका लागि तय गरिएको मतदान प्राविधिक कारणले रोकिएर आज बिहानका लागि सारिएको थियो। प्राविधिक लक्ष्मण रिमालले अब सबै समस्या समाधान भइसकेको र मतदान मेसिन प्रयोगका लागि पूर्ण रूपमा तयार रहेको जानकारी दिए। निर्वाचन आयोगको निर्देशन प्राप्त हुनासाथ मतदान सुरु गर्न सकिने उनले बताए।

मतदानका लागि ८० वटा विद्युतीय मेसिनको व्यवस्था गरिएको छ। रामलक्ष्मण इनोभेसन प्रालिले निर्माण गरेका ती मेसिन प्रयोग गरी २ हजार २६३ प्रतिनिधिले मताधिकार प्रयोग गर्नेछन्। निर्वाचनमा केपी शर्मा ओली पक्ष र ईश्वर पोखरेल पक्षबीच प्रतिस्पर्धा हुँदैछ।

यसैगरी मतदान स्थल पनि परिवर्तन गरिएको छ। मंगलबार ठूलो हलमा मतदान गर्ने योजना रहे पनि आज उक्त हल अन्य कार्यक्रमका लागि प्रयोग हुने भएकाले बन्दसत्र भइरहेको स्थानमै मतदान गरिने भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *