|
२०८२ मंसिर १८
भक्तपुर — नेकपा एमालेले मङ्सिर २७ देखि सुरु हुने ११औँ महाधिवेशनको तयारी सल्लाघारीमा तीव्र बनाएको छ। उपमहासचिव प्रदीप ज्ञवालीसहितको टोलीले १०८ रोपनी क्षेत्रफलको उद्घाटनस्थल आज निरीक्षण गर्दै करिब दुई लाख मानिस अट्न सक्ने क्षमता रहेको बताए।
महाधिवेशनमा करिब २,५०० प्रतिनिधि र उद्घाटन सत्रमा १ लाख ५० हजारभन्दा बढी कार्यकर्ता सहभागी हुने अनुमान छ। मञ्चलगायत संरचना निर्माणका लागि करिब ६०० स्वयंसेवक खटिने तयारी गरिएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। जिल्ला उपाध्यक्ष किरण थापाका अनुसार आजैदेखि डोजर प्रयोग गरेर मैदान सम्याउने काम सुरु भएको छ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्