|
२०८२ मंसिर २८
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत बन्द सत्र आजबाट काठमाडौंमा सुरु हुँदैछ। बन्द सत्रसँगै केन्द्रीय कमिटी भंग भई नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढ्नेछ। यस महाधिवेशनमा राजनीतिक वा सांगठनिक प्रस्ताव पेश नहुने भएको छ।
आगामी केन्द्रीय कमिटी १५ पदाधिकारीसहित २५१ सदस्यीय रहनेछ। अध्यक्ष पदमा केपी शर्मा ओलीले निरन्तरता खोजिरहेका छन् भने वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले चुनौती दिएका छन्। नेतृत्व चयनलाई लिएर दुवै समूह आ–आफ्नो टिम बनाउन सक्रिय देखिएका छन्।
पदाधिकारी संख्या सीमित भएकाले आकांक्षी धेरै हुँदा आन्तरिक प्रतिस्पर्धा बढेको छ। बन्द सत्रसँगै केही नेताहरूको पक्ष परिवर्तन हुने सम्भावनासमेत देखिएको छ।


दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्