एमाले ११औँ महाधिवेशन : आज विद्युतीय माध्यमबाट नयाँ नेतृत्व चयन

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष २

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनले आज संगठनको नयाँ नेतृत्व टुंगो लगाउने भएको छ । एक दिन ढिलाइ भएको मतदान प्रक्रिया आज बिहानदेखि सुरु हुने तयारी गरिएको छ ।

निर्धारित समयमै मतदान हुन नसकेपछि मंगलबार साँझ प्रक्रिया स्थगित गरिएको थियो । प्रतिनिधिहरू मतदानका लागि भृकुटीमण्डप पुगेकै बेला निर्वाचन सारिएको हो । अब आज बिहान ८ बजेदेखि मतदान सुरु गरिने जनाइएको छ ।

मतदान स्थल भृकुटीमण्डप नै तोकिए पनि मतदान हुने कक्ष परिवर्तन गरिने भएको छ । यसपटक एमालेले परम्परागत मतपत्रको सट्टा विद्युतीय प्रणाली प्रयोग गर्दैछ ।

मतदानका लागि ८० वटा इलेक्ट्रोनिक मेसिन व्यवस्था गरिएको छ । रामलक्ष्मण इनोभेसन प्रालिले विकास गरेका ती मेसिनमार्फत २ हजार २६३ प्रतिनिधिले मत हाल्नेछन् ।

नेतृत्वका प्रमुख पदमा केपी शर्मा ओली र ईश्वर पोखरेल आ–आफ्नो समूहसहित चुनावी प्रतिस्पर्धामा छन् । यद्यपि केही केन्द्रीय सदस्य र आयोगसम्बन्धी पदमा भने उम्मेदवारहरू निर्विरोध चयन भइसकेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *