सरकार, दल र जेनजीबीच आज त्रिपक्षीय बैठक

DaksuMedia दाक्सु मिडिया
|
कार्तिक १२, २०८२

काठमाडौं — प्रधानमन्त्री सुशीला कार्कीको पहलमा आज सरकार, राजनीतिक दलका प्रतिनिधि र जेनजी अगुवाबीच त्रिपक्षीय बैठक बस्दैछ। बैठक साँझ ४ बजे बालुवाटारमा डाकिएको हो।

प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलका अनुसार बैठकमा निर्वाचन सफल पार्ने र परिवर्तन संस्थागत गर्ने विषयमा छलफल हुनेछ।

जेनजीका तर्फबाट ८–९ समूहका अगुवालाई निम्तो गरिएको छ भने दलका तर्फबाट दोस्रो तहका नेताहरू सहभागी हुनेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *