|
२०८२ कार्तिक ७
मकवानपुरको मनहरी गाउँपालिका–७ निर्मलबस्तिमा ट्रकको ठक्करबाट ८४ वर्षीया ईन्द्रकुमारी स्याङतानको मृत्यु भएको छ।
चितवनबाट हेटौंडातर्फ आउँदै गरेको ना ८ ख १२५६ नम्बरको ट्रकले स्याङतानलाई ठक्कर दिँदा गम्भीर घाइते भएकी उनलाई उपचारका क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।
ट्रक चालक सञ्जितकुमार महतो नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्