दशैंमा हाइप धेरै, कमाइ थोरै: तीन नेपाली फिल्मको ग्रस ५ करोडमुनि

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक ३

काठमाडौं ।  दशैंको फूलपातीमा प्रदर्शनमा आएका तीन नेपाली चलचित्र — बलिदान, हरिबहादुरको जुत्तामाइतीघर — ले १९ दिनसम्म पनि घरेलु बक्स अफिसबाट ५ करोड रुपैयाँ कटाउन सकेनन्।

चलचित्र विकास बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार:

  • बलिदान (निर्देशक: सन्तोष सेन) को ग्रस कमाइ ४ करोड ९८ लाख ८६ हजार ८५४ रुपैयाँ।
  • हरिबहादुरको जुत्ता (निर्देशक: दीपेन्द्र के. खनाल) ले ४ करोड ५७ लाख ११ हजार ३५२ रुपैयाँ।
  • माइतीघर (निर्देशक: मिलन तामाङ) ले ३ करोड ८८ लाख ५० हजार २३० रुपैयाँ कमायो।

धेरै प्रचार–प्रसार र ठुलो लगानी (बलिदानको लगानी करिब ६ करोड) भए पनि तीनै फिल्मले अपेक्षित कमाइ गर्न सकेनन्।

बोर्डले भारतीय फिल्म कान्तारा २ सहित नेपाली फिल्महरूको १९ दिने कमाइ विवरण सोमबार सार्वजनिक गरेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *