|
२०८२ आश्विन ४
काठमाडौं । अनेरास्ववियु बागमती प्रदेशका केन्द्रीय सदस्य र जिल्लास्तरीय नेताहरूले अध्यक्ष डा. सुजन कडारियाको नेतृत्वमाथि गम्भीर असन्तुष्टि जनाउँदै तत्काल नयाँ नेतृत्व चयन गर्न माग गरेका छन्।
संयुक्त ध्यानाकर्षण पत्रमार्फत उनीहरूले कडारियाको राजीनामा नाटक, राजनीतिक दोहोरोपन, र निराशावादी व्यवहारले संगठनको गरिमा र कार्यकर्ताको मनोबल घटाएको आरोप लगाएका छन्।
“संगठन बचाउन अब स्वच्छ, जिम्मेवार र स्पष्ट दृष्टिकोण भएको नयाँ नेतृत्व आवश्यक छ,” नेताहरूको भनाइ छ। उनीहरूले तत्काल केन्द्रीय बैठक बोलाई नयाँ नेतृत्व चयन गर्न आग्रह गरेका छन्।



दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्