×

१५ वर्षभन्दा पुराना सवारी साधनलाई दिल्ली सरकारले इन्धन नदिने

फाल्गुन १९, २०८१ | दाक्सु मिडिया

काठमाडौँ : भारतको दिल्ली राज्यको नयाँ सरकारले १५ वर्षभन्दा पुराना सवारी साधनहरूलाई अप्रिल १ देखि इन्धन नदिने बताएको छ।

दिल्लीका वातावरणमन्त्री मन्जिन्दर सिंह सिरसाले त्यस्ता सवारी साधनहरू पहिचान गर्न र दिल्लीमा उनीहरूको प्रवेशमा प्रतिबन्ध लगाउन चाँडै नै अधिकारीहरूको टोली गठन गरिने बताए। होटल, व्यावसायिक परिसर र कार्यालयहरूसहित बहुतले भवनहरूमा वायु प्रदूषण नियन्त्रण गर्न एन्टी–स्मग गनहरू जडान गर्नुपर्ने बताए।

दिल्लीमा वायु प्रदूषण बढ्दो समस्याका रूपमा रहेको छ। नोभेम्बर २०२४ मा दिल्लीले ७९५ को वायु गुणस्तर सूचकांक दर्ता गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: