स्वास्थ्यका कारण प्रधानमन्त्री ओली आज पनि निवासबाहिर ननिस्कने, शुक्रबारका कार्यक्रम भर्चुअल गर्ने

DaksuMedia दाक्सु मिडिया
|
२०८१ माघ ११

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली आज तेस्रो दिन शुक्रबार पनि सरकारी निवास बालुवाटारबाट बाहिर ननिस्कने भएका छन्। चिसोका कारण स्वास्थ्य समस्या देखिएपछि बुधबारदेखि औपचारिक कार्यक्रममा ननिस्किएका प्रधानमन्त्री ओलीले आजका लागि तय कार्यक्रम पनि भर्चुअल माध्यमबाट सम्बोधन गर्ने भएका हुन्।

प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार चिकित्सकले अझै बाहिरफेर ननिस्कन भनेकाले आजका लागि निर्धारित सबै कार्यक्रम निवासबाटै भर्चुअल रूपमा सम्बोधन गर्ने भएका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *